थप ४४ जनाको कोरोनाका कारण मृत्यु, सक्रिय संक्रमितको संख्या ५९ हजारमा झर्यो
काठमाडौं, ४ असार । देशभर कोरोना संक्रमणका कारण थप ४४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तग २४ घन्टामा देशभर थप ४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ४१ पुगेको छ ।
यस्तै हाल देशभर रहेका संक्रमितमध्ये ८ सय ७२ जना आईसीयूमा उपचाररत छन् भने २ सय ४६ जना भेन्टिलेटरमा छन् ।
हाल नेपालभर सक्रिय संक्रमितको संख्या ५९ हजार ६ सय २४ रहेको छ । जसमा ५५ हजार ३ सय ७५ जना होम आइसोलेसनमा छन् भने ४ हजार २ सय ४९ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।
Last modified on 2021-06-20 06:58:07