गत २४ घन्टामा ४ हजार २० जना कोरोना संक्रमणमुक्त, थपिए २७ सय ६८ नयाँ संक्रमित
काठमाडौं, ४ असार । नेपालमा लगातार छैठौं दिन ३ हजारभन्दा कममा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो एक सातादेखि नेपालमा दैनिक संक्रमित थपिने दर ३ हजारभन्दा कम रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १३ हजार ३७ कोरोना परीक्षण गर्दा २ हजार ७ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा आरटी पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणमा १ हजार ९ सय ६३ र ५ हजार ४ सय ६८ एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ८ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ६ लाख ४२ हजार ८ सय ८ रहेको छ । जसमा आरटी पिसिआर विधिबाट ६ लाख १७ हजार ९ सय ४७ जनामा कोरोना देखिएको छ भने २४ हजार ८ सय ६१ जनामा एन्टीजेन विधिबाट कोरोना पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका संक्रमित मध्ये ४ हजार २० जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ५ लाख ४९ हजार ६ सय ८२ पुगेको छ । यो दर कुल संक्रमितको ८९ प्रतिशत हो ।