अस्पताल भर्ना भएका संस्कृतिविद जोशी ९ दिनपछि डिस्चार्ज
काठमाडौं, ४ असार । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
ललितपुरस्थित किष्ट अस्पतालमा स्वास्थ्य समस्या भएपछि जोशीलाई उपचारका लागि भर्ना गरिएको थियो ।
९ दिन अस्पतालमा रहेका उनी शुक्रवार डिस्चार्ज भएका छन् ।
अस्पतालले विज्ञप्ति जारी गर्दै डा.जोशी अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका हुन् ।
श्वासप्रश्वासमा समस्या, छातीको संक्रमण र मुटुको चालमा गडबडी देखिएपछि उपचारका लागि जेठ २६ मा गते जोशीलाई अस्पताल भर्ना गरिएको थियो ।
जोशीको स्वास्थ्यमा सुधार भई हिँडडुल गर्न सक्ने भएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Last modified on 2021-06-18 15:27:14