'चिकित्सा शिक्षा ऐनलाई नै लत्याउने कुरा स्वीकार्य छैन्'



Download our app to get more features

काठमाडौं, ४ असार । चिकित्सा शिक्षा ऐनलाई नै लत्याउने कुरा अस्वीकार्य भएको काठमाडौं विश्व विद्यालय प्रध्यापक संघले जनाएको छ । आज विज्ञप्ति निकालेर संघले काठमाडौं विश्व विद्यालयलाई सम्बोधनका लागि सर्धै दवाब दिने र चिकित्सा शिक्षा ऐनलाई नै लत्याउने कुरा अस्वीकार्य भएको जनाएको हो ।  

सरकारले आफ्ना क्षत्रीय विश्व विद्यालयको क्षमता विकास गरि चिकित्सा शिक्षा प्रदान गर्ने सक्ने बनाउनुको साट्टा केयुलाई दबाव दिनु अस्वीकार्य भएको उल्लेख गरिएको छ । केयुले सम्बोधन दिएका कलेजहरुको अनुगमन र निरीक्षण गर्न हम्मे हम्मे परिरहेको वेला चिकित्सा शिक्षा ऐनलाई नै लत्याएर अनुचित र अवान्छित दावाब दिनु धोर आपत्ति भएको संघका महासचिव डा. विकास अधिकारीले बताए ।  
 
प्रस्तावित मेडिकल कलेजका संचालकले चिकित्सा सुधारका अभियान्ता डा. गोविन्द केसीलाई अपशब्द प्रयोग गर्दै भौतिक कार्बाहिको धम्कि दिएकोमा पनि संधले आपत्ति जनाएको छ । 
यस्तै, सम्बन्धित विषय उठान गरेकै आधारमा कुनैपनि व्यक्तिको सुरक्षामा आँच आउनु हुदैन र त्यसको सम्पुर्ण जिम्मेवारी सम्बन्धित गृह प्रशासनले लिनुपर्ने र आउने दिनमा यस्ता घटना नदोहोरिन प्रशासनले आश्वस्त पार्नुपर्ने जोठदारमाग संघले राखेको छ । 


 

Last modified on 2021-06-19 06:40:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts