नेपाललाई एसएनडीबीले एक लाख ट्याब्लेट सिटामोल सहयोग गर्यो
काठमाडौं, ३ असार । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन् गरेका नेपाली चिकित्सकहरुको संस्था सोसाइटी फर नेप्लिज डाक्टर्स अफ बंगलादेश (एसएनडीबी)ले नेपालका लागि एक लाख ट्याव्लेट सिटामोल अनुदान सहयोग गरेको छ ।
नेपाली बजारमा सिटामोलको अभाव भएको खबर आइरहेका बेला एसएनडीबीले वर्ल्ड नेप्लिज स्टुडेन्ट अर्गानाइजेसन (डव्लुएनएसओ) संगको सहकार्यमा सिटामोल अनुदान सहयोग गरेको हो ।
विहीबार आयोजित कार्यक्रममा एसएनडीबीका प्रतिनिधि डा. दीपक यादव र डा. आलोक झाले बंगलादेशका लागि नेपाली राजदूत डा. बंशीधर मिश्रलाई इन्सेप्टा फर्मास्युटिकल्सले उत्पादन गरेको ५०० एमजीको १ लाख थान सिटामोल हस्तान्तरण गरे । उनले बुझेको औषधिहरु सकेसम्म छिटो नेपाल पठाउने व्यवस्था गर्न लागेको जानकारी दिए ।
राजदूत डा. मिश्रले यसअघि पनि बंगलादेशमा अध्ययन्रत विद्यार्थीहरु, विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरु समुदायको पहलमा कोभिडविरुद्ध प्रयोग हुने रेम्डेसिभि औषधि, मास्क, पीपीई, ह्याण्ड स्यानिटाइजर लगायतका बस्तुहरु अनुदानमा उपलव्ध गराएको बताए ।
कोरोना महामारीको बेला बंगलादेश सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपाली समुदायहरुले नियमित रुपमा सहयोग गर्दै आइरहेका छन् ।