गत २४ घन्टामा थप ३९ जनाको कोरोनाका कारण मृत्यु, ९ सय १६ जना आईसीयूमा



Download our app to get more features

काठमाडौं, ३ असार । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप ३९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ५ सय ९७ पुगेको छ । 

यस्तै हाल नेपालभर सक्रिय संक्रमितको संख्या ६१ हजार ७ सय २५ रहेको छ । जसमध्ये ५७ हजार ५ सय ३१ जना होम आइसोलेसनमा छन् भने ४ हजार १ सय ९४ संस्थागत आइसोलेसनमा भर्ना छन् ।

यस्तै हाल नेपालभर रहेका संक्रमितमध्ये ९ सय १६ जनाको उपचार आईसीयूमा भइरहेको छ भने २ सय ४९ भेन्टिलेटरमा उपचाररत छन् ।
३९
८५९७

Last modified on 2021-06-17 20:21:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts