आठ हजार क्षयरोगी अझै सम्पर्कबिहीन



Download our app to get more features

काठमाण्डौं, १० चैत्र । सरकारले ‘क्षयरोग अन्त्यका लागि सबै संगठित होऔं’ भन्ने नाराका साथ यो वर्ष पनि विभिन्न चेतनामुलक कार्यक्रम गरेर विश्व क्षयरोग दिवस मनाउने भएको छ ।

नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, राष्ट्रिय क्षयरोग केन्द्र, विश्व स्वास्थ्य संगठन, क्षयरोग विरुद्धको अन्तराष्ट्रिय संस्थासमेतको सहकार्यमा क्षयरोग रोकथाम तथा नियन्त्रणका लागि विगतमा झैं यो वर्ष पनि विश्व क्षयरोग दिवस मनाउन लागिएको हो । 

राष्ट्रिय क्षयरोग केन्द्रले बुधबार पत्रकार सम्मेलन गरेर मार्च २४ अर्थात चैत्र ११ गते भोली विभिन्न कार्यक्रम गरेर मनाउन लागेको जनाएको छ । पत्रकार सम्मेलनमा क्षयरोग नियन्त्रण विभागका निर्देशक डा. विकास लामिछानेले क्षयरोगविरुद्ध प्रभावकारी खोपको व्यवस्थ गर्ने र नेपाललाई क्षयरोगमुक्त बनाई, शुन्यमा झार्ने सरकारको लक्ष्य रहेको बताए । क्षयरोग विशेषज्ञ डा. मोहनकुमार प्रसाईले नेपालको आधाभन्दा बढी जनसंख्यामा क्षयरोगको किटाणु रहे पनि यो सुषुप्त अवस्थामा रहेको बताए । संक्रमितहरुमा रोग प्रतिरोधी क्षमता राम्रो भएका कारण संक्रमण नदेखिएपनि केही व्यक्तिमा क्षयरोग हुने उच्च जोखिममा रहेको चिकित्सकहरुको भनाई छ । 

नेपालमा प्रत्यक्ष निगरानीमा क्षयरोगको औषधी खुवाउने प्रविधि (डट्स) सन् १९९६ देखि नमूनाका रुपमा नेपाल सरकारले ७५ वटै जिल्लावाट क्षयरोग केन्द्रको पहलमा सुरु गरेको थियो । ४ हजार २ सय २१ वटा डट्स केन्द्रले यस रोगसम्बन्धी निःशुल्क परामर्स तथा औषधी वितरण सेवा दिंइदै आएको छ । औषधि नियमित रूपमा पूर्ण अवधिसम्म सेवन नगर्नेहरूमा बहुऔषधि प्रतिरोधि क्षयरोग (एमडीआर) र एक्सडीआर विकसित हुन सक्ने चिकित्सकहरुको भनाई छ । 

नेपालमा क्षयरोगका १ हजार ६ सय ४३ नयाँ  बिरामी भेटिएको छन् भने एमडीआरमा ३७ हजार भन्दा बढी बिरामी रहेकोमा ३४ हजार १ सय २१ जना विरामी क्षयरोगी 'डट्स' उपचार पद्धतिमा दर्ता भएको क्षयरोग केन्द्रले जनाएको छ । विश्व स्वास्थ्य संगठनको आंकडा अनुसार नेपालमा करिब ४० देखि ४५ हजार क्षयरोगी छन् । तर ३७ हजार बिरामी मात्र उपचारको पहुँचमा छन् ।  नियमित औषधि गरे पनि एमडीआर निको हुने दर नेपालमा ९५ प्रतिशत देखिएको छ । एमडीआर र एक्सडीआरको औषधिसमेत निःशुल्क पाइन्छ । यसैगरी सन् २०१० देखि १ सय जना क्षयरोग प्रतिरोधी बिरामीको उपचार सुविधाका लागी ७ ठाँउमा आवासीय सेवा उपलब्ध गराइएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

Last modified on 2016-03-23 18:38:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts