'स्पष्टिकरण' चाहियो भन्दै बिपी प्रतिष्ठान संघर्ष समितिको विरोध



Download our app to get more features

धरान, २ असार । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, संयुक्त संर्घष समितिले उपकुलपतिलाई स्पष्टिकरण चाहियो भन्दै विरोध गरेको छ ।  

अनियमिताका विषयमा सामाजिक संजालमा कुरा उठाएपछि फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोख्रेललाई प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले स्पष्टीकरण सोधेका छन् । जसको विरोधस्वरुप प्रतिष्ठानउपकुलपति ज्यू, स्पष्टिकरण चाहियो भन्दै बिपि प्रतिष्ठान संघर्ष समितिको विरोध का चिकित्सक तथा विद्यार्थीहरु आन्दोलनमा उत्रेका हुन् ।

बुधबार संघर्ष समितिले पानी परिरहेको समय नै छाता ओढेर विरोध प्रदर्शन गरेका छन् । 

विरोधस्वरुप समितिले प्रतिष्ठानका उपकुलपति डा. गिरीसँग स्पष्टिकरण चाहियो भन्दै नाराबाजी गरेका छन् ।

समितिले हाम्रो प्रमोशन हिले हुन्छ ? ३ वर्ष कुरिसकेका हामी अब कति वर्ष ?, बढेको तलबको बाँकी रकम हामीलाई कहिले प्रदान गर्छौ ?, शिक्षकहरुलाई दिइने नियमित शिक्षक तालिम कहिले ? जस्ता ११ प्रश्नसहित स्पष्टिकरण चाहियो उपकुलपतिज्यू भन्दै विरोध गरेका छन् ।

Last modified on 2021-06-16 18:42:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts