हालसम्म आरटी पिसिआर विधिबाट ६ लाख १४ हजार २ सय १६ जनामा कोरोना देखियो



Download our app to get more features

काठमाडौं, २ असार । नेपालमा गत २४ घन्टामा ५२ जनाको कोरोनाका कारण सङ्क्रमणका कारण मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ५२ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ५ सय ५८ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर २ हजार ८ सय २८ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा १३ हजार २० कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको सङ्क्रमणका पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार गत २४ घन्टामा ८ हजार ६ सय ८६ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ हजार १४ जना र ४ हजार ३ सय ३५ एन्टीजेन परीक्षण गर्दा ८ सय १४ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा आरटी पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणमा ६ लाख १४ हजार २ सय १६ र एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएकोमा २३ हजार २ सय १७ जनामा कोरोना भाइरसको सङ्क्रमणका पुष्टि भएको छ । 

यस्तै गत २४ घन्टामा ३ हजार ८२ जना कोरोना सङ्क्रमणकामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणकामुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५ सय २१ पुगेको छ  । 

हाल नेपालभर सक्रिय सङ्क्रमितको संख्या ६२ हजार १ सय ३७ रहेको छ । जसमा ५७ हजार ८ सय २६ जना होम आइसोलेसनमा छन् भने ४ हजार ३ सय ११ जना संस्थागत आइसोलेसनमा छन् ।

देशभर रहेका सङ्क्रमितमध्ये ९ सय २ जना आईसीयूमा भर्ना छन् भने २ सय ७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

Last modified on 2021-06-16 20:59:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts