शताब्दी पुरुष सत्य मोहन जोशीको स्वास्थ्यमा सुधार
काठमाडौं, १ असार । शताब्दी पुरुष डा. सत्य मोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । स्वास प्रश्वासमा समस्या, छातीको संक्रमण, मुटको चालमा गडबडी साथै रक्तचापमा कमी देखिएपछि जोशीलाई गत जेठ २६ गते किष्ट अस्पताल भर्ना गरिएको थियो ।
किष्ट शिक्षण अस्पताललको डिलक्स सुइटमा भर्ना गरिएका जोशीको छातीमा निमोनिया संक्रमण नियन्त्रणको लागि एन्टीबायोटीक चलाएको अस्पतालले जनाएको छ।
जोशीको उपचारमा छाती रोग विषेशज्ञ प्रा.डा. मीलेश जंग सिजापतीको नेतृत्वमा कार्डीयोलोजीष्ट तथा क्रिटिकल केयर विषेशज्ञको संयूक्त टोली संलग्न रहेको छ ।
Last modified on 2021-06-15 21:10:12