बजेट बागमति प्रदेश

प्रदेशका तीन जिल्ला अस्पतालमा मिर्गौला बिरामीका लागि नि:शुल्क डाइलासिस

अरु के-के समेटियो ?



Download our app to get more features

काठमाडौं, १ असार । बागमति प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का बजेट ल्याएको छ ।

कोरोना महामारीलाई केन्द्रीत गरि प्रदेश सरकारले ल्याएको बजेटमा स्वास्थ्य क्षेत्र बढी प्राथमिकतामा परेको छ ।

बागमित प्रदेश सरकारका  आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर पूर्वाधारण निर्माण, खोपको आपूर्ति, जनशक्ति व्यवस्थापनलाई बढी जोड दिइएको बताए ।

प्रदेश सरकारले नागरिकको मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवालाई सहज बनाउने, सुलभ र गुणस्तरीय सेवा बनाउनका एवं आपतकालीन अवस्थामा समेत स्वास्थ्य सेवाको मागलाई धान्न सक्ने गरि सबै अस्पतालको स्तरोन्नतीका लागि भवन निर्माण, यन्त्र उपकरण लगायतको व्यवस्था मिलाउने गरि बजेट विनियोजन गरेको छ ।

यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आधुनिक र सुविधा सम्पन्न बनाउन भौतिक पूर्वाधार विकास तथा उपकरणको व्यवस्था गरी थप विधाका शैक्षिक कार्यक्रम सञ्चालन गरिने, प्रदेश सभाका सदस्य स्वर्गीय पशुपति चौलागाईँको सम्मान स्वरुप चरिकोट अस्पताललाई पशुपति चौलागाईँ स्मृति अस्पताल नामाकरण गर्न बजेट विनियोजन गरेको छ ।

मातृृ तथा बाल स्वास्थ्य, किशोरकिशोरी, ज्येष्ठ नागरिक, महिला तथा अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य सवालाई प्राथमिकतामा राखेर प्रदेशभरिका सबै नागरिकलाई सहज स्वास्थ्य र खोप सेवाको पहुँचमा पुर्याउने, वैकल्पिक चिकित्सा पद्धतिको माध्यमबाट नागरिकलाई स्वास्थ बनाइराख्न आयुर्वेद चिकित्सा, होमियोप्याथीक, क्षारसुत्र, योग, पञ्चकर्म लगायतको कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी स्थानीय तहका ३ सय ५९ वटा सामुदायिक माध्यमिक विद्यालयमा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लाई निरन्तरा दिइको छ भने कार्यक्रमका लागि २६ करोड बजेट विनियोजन गरिएको छ । 

सरकारले ल्याएको बजेटमा प्रदेशभरका जनतालाई कोभिड खोप निःशुल्क लगाउन २ अर्ब, कोभिड संक्रमणका कारण आमाबुवा गुमाएका बालबालिकाका लागि मासिक ३ हजार शैक्षिक भत्ता उपलब्ध गराइने छ । कोभिड १९ लगायत सरुवा रोगको रोकथाम तथा नियन्त्रणमा सचेतना जगाउनका लागि पनि बजेट विनियोजन गरिएको छ ।

प्रदेश अन्तर्गतका सिन्धुली, धादिंग र त्रिशुली अस्पतालमा मिर्गौलाका बिरामीलाई निःशुल्क डाइलासिसका लागि पनि बजेट विनियोजन गरिएको छ भने मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमका लागि २२ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै प्रदेश मातहतका सबै अस्पतालहरुमा न्यूनतम सुविधा सम्पन्न एम्बुलेन्सको व्यवस्था गरिने छ भने एम्बुलेन्सहरुबाट एकीकृत सेवा प्रवाह गर्न प्रादेशिक प्रेषण केन्द्र स्थापना गरिने छ । 

त्यसैगरी अति सिमान्तकृत एवं लोपोन्मुख समुदायलाई प्राथमिकतामा राखेर स्थानीय तहमा सञ्चालनमा रहेका बथिगं सेन्टरहरुको सबलीकरण र सबै गाउँपालिकामा विद्यालयमा सञ्चालित किशोरकिशोरी लक्षित प्रजनन् तथा यौन स्वास्थ्य सम्बन्धी कार्यक्रमका लागि पनि बजेट विनियोजन गरिएको छ ।

Last modified on 2021-06-15 20:32:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts