थप ४१ जनाको कोरोनाका कारण मृत्यु, आईसीयूमा उपचार गराउनेको संख्या हजारभन्दा कम

काठमाडौं, १ असार । नेपालमा थप ४१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ४१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६ पुगेको छ ।
यस्तै नेपालमा हाल रहेका संक्रमितमध्ये ९ सय ६७ जनाको उपचार आईसीयूमा भइरहेको छ भने २ सय ८५ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।
हाल नेपालभर सक्रिय संक्रमितको संख्या ६३ हजार २ सय ५७ रहेको छ । जसमा ५८ हजार ८ सय ६८ जना होम आइसोलेसनमा छन् भने ४ हजार घ सय ८९ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।
Last modified on 2021-06-15 20:10:30