नेपालमा लगातार तेस्रोदिन तीन हजारभन्दा कममा कोरोना संक्रमण

काठमाडौं, १ असार । नेपालमा लगातार कोरोना संक्रमणको दर घट्दै गएको छ ।
गत २४ घन्टामा ३ हजारभन्दा कममा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १३ हजार २ सय ९० कोरोना परीक्षण गर्दा २ हजार ७ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा ७ हजार द्ध सय ४९ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार ६ सय ८१ र ५ हजार ८ सय ४१ एन्टीजेन परीक्षण गर्दा १ हजार ६४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
हालसम्म नेपालमा आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ६ लाख १२ हजार २ सय २ र एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा २२ हजार ४ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै गत २४ घन्टामा देशभर ४ हजार १ सय ८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा पछिल्लो समय औसतमा ५ हजारका दरले कोरोना संक्रमित निको हुन थालेका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४० हजार ४ सय ३९ पुगेको छ भने यो दर कुल संक्रमितको ८८ दशमलव ३ प्रतिशत हो ।