गण्डकी प्रदेशको नीति तथा कार्यक्रम कोरोना केन्द्रित



Download our app to get more features

कास्की, १ असार । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले कोरोना राहत प्याकेजसहितको १ सय ८१ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

नीति तथा कार्यक्रममा कोरोना संक्रमणले बाबु वा आमा गुमाएका बालबालिकालाई नगद राहतको व्यवस्था गरिने भएको छ । त्यसैगरी कोरोना संक्रमणका कारण जीवन गुमाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका परिवारलाई नगद राहत उपलब्ध गराइने उल्लेख गरिएको छ । कोरोना महामारीको नियन्त्रणका लागि अग्रपंक्तिमा रही उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्य कर्मीहरुलाई ‘कोरोना फ्रन्टीयर सर्वोत्कृष्ट सेवा पुरस्कार’ को व्यवस्था गरिने, नेपाल सरकारसँगको सहकार्यमा संक्रामक तथा सरुवा रोग अस्पताल भवन निर्माण तथा अन्य स्वास्थ्य पूर्वाधार तयार गरी प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताललाई नमूना अस्पतालको रुपमा विकास गरिने भएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कोरोनाले पर्यटन, यातायात, कृषि, उत्पादन तथा सेवा क्षेत्रमा पारेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्दै उत्पादन तथा रोजगारी अभिवृद्धि गर्न उद्यमी तथा व्यवसायीलाई निर्वाव्याजी कर्जा उपलब्ध गराउन सञ्चालित व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । जुन कोषमा अघिल्लो वर्ष एक अर्ब बजेट विनियोजन भएको थियो ।

प्रदेश सरकार अन्तर्गतका अस्पतालहरुको स्तरवृद्धि कार्यक्रमलाई निरन्तरता दिँदै ५० शैयाका सबै अस्पतालमा आँखा उपचार सेवा र ज्येष्ठ नागरिक उपचार वार्ड सञ्चालन गर्दै लगिने भएको छ भने डायलाइसिस सेवालाई विस्तार गरी गुणस्तरीय बनाउँदै लगिने आगामी वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
 

Last modified on 2021-06-15 20:10:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts