कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोपको दुरूपयोग



Download our app to get more features

काठमाडौं, १ असार ।  देशभरि दिन थालिएको कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोपको दुरूपयोग भएको पाइएको छ। उक्त खोप तोकिएको उमेरसमूहबाहेकका व्यक्तिलाई समेत दिएको पाइएको परिवार कल्याण सेवा महाशाखाले जनाएको छ।

चीनले अनुदानस्वरूप दिएको भेरोसेल खोप सरकारले ६०–६४ वर्ष उमेर समूहका करिब ५ लाख नागरिकलाई लगाइदिने योजनाअनुरूप खोप कार्यक्रम अगाडि बढाएको थियो।

स्थानीय तहका जनप्रतिनिधि, कोभिड–१९ खोप अभियान जिल्ला समन्वय समितिलगायतमा रहेकाहरूबाट उक्त खोपको दुरूपयोग भएको पाइएको महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले हाम्रो डक्टर न्युजसँगको कुराकानीमा बताए। स्वास्थ्यकर्मीहरूले नै फोन गरेर यस्ता खोप दुरूपयोगबारे जानकारी गराएको उनले बताए।

'बाहिरबाट स्वास्थयकर्मीले फोनमा गुनासो गरेकाछन् तर आधिकारीक रुपमा भने लिखित जानकारी नआएकाले कार्बहि अगाडि बढाउन सकेको छैन, 'उनले भने । 'यदि माथिल्लो निकायबाट आदेश आयो भने तत्काल छानविन सुरु गछौं ।' नियमबाहिर गएर निर्णय गरी अन्य समूहलाई पनि खोप दिएको देखिएको छ,’ उनले भने, ‘कतिपय व्यापारिक तथा अन्य पेसागत समूहलाई समेत यो खोप दिइएको पाइएको छ।’

काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख हरि कुँवरका अनुसार महानगरपालिकाले जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरी खोप केन्द्र व्यवस्थापन गरेको थियो। वडाहरूमा खोप दुरूपयोग भएको सुनिएपछि दोस्रो चरणको खोप वडाबाट दिने व्यवस्था खारेज गरी राजधानीका चार अस्पताललाई जिम्मा दिइएको उनले बताए। 

 

Last modified on 2021-06-15 20:10:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts