नेपालमै सुरु भयो कोरोनाको जिन स्क्विेन्सिङ्ग, नतिजा एकदुई दिनमै आउने

काठमाडौं, १ असार । सरकारले कोरोनाको जिन स्क्विेन्सिङ्ग सुरु गरेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोनाभाइरसको जिन पत्ता लगाउने काम नेपालमै सुरु भएको बताएको छ ।
परिषदका सदस्य सचिव डा.प्रदिप ज्ञवालीले कोरोनाको तेस्रो लहर आउन सक्ने र कोरोनाको म्यूटेशनको बारेमा पत्ता लगाउनका लागि जिन स्क्विेन्सिङ्ग गर्नुपर्ने भएकाले नेपालमै जिन स्क्विेन्सिङ्ग सुरु भएको बताए ।
उनले तेस्रो लहर आउन सक्ने चेतावनीका बीच नेपालमै जति सक्दो छिटो धेरै भन्दा धेरै जिन स्क्विेन्सिङ्ग सुरु गरेर भाइरसको प्रकृतिबारे पत्ता लगाउने उदेश्यले जिन स्क्विेन्सिङ्ग सुरु गरिएको हाम्रो डक्टर न्यूजलाई बताए ।
डा.ज्ञवालीले काठमाडौं विश्वविद्यालयसँगको समन्वयमा परिषदले सय वटा नमूनाको परीक्षण गर्ने सहमति भएकोमा हाल १० वटा नमूनाको जिन स्क्विेन्सिङ्ग भइरहेको र एक दुई दिनमै नतिजा सार्वजनिक गर्ने पनि बताए ।
उनले कोरोनाको भेरिएन्ट र म्यूटेशनको बारेमा पत्ता लगाएर जोखिम कम गर्न सकिने भएकाले प्रसस्त मात्रामा जिन स्क्विेन्सिङ्ग गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।
उनले भने, ‘त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र अन्य निजी अस्पतालहरुमा पनि जिन स्क्विेन्सिङ्ग गर्ने तयारी भइरहेको छ । काठमाडौं विश्वविद्यालयले भने सुरु नै गरिसकेको छ । यसलाई अब प्रदेश स्तरमै गर्नुपर्ने हुँदा त्यसरी नै तयारी भइरहेको छ । आशा छ नेपालमा जिन स्क्विेन्सिङ्ग पर्याप्त मात्रामा हुन थालेपछि सहज हुनेछ ।’
नेपालमै अब कोरोनाको जिन स्क्विेन्सिङ्ग हुन थालेपछि नमूना बाहिर पठाउनुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।
यसअघि सरकारले कोरोनाको जिन स्क्विेन्सिङ्गका लागिनमूनाहङकङ पठाउँदै आएको थियो ।