लुम्बिनी प्रादेशिक अस्पताललाई सय थान अक्सिजन कन्सन्ट्रेटर



Download our app to get more features

रुपन्देही, ३१ जेठ । चिन तथा सिगापुरका परोपकारी संस्थाहरुले स्याङ्पा फाउन्डेशन मार्फत लुम्बिनी प्रादेशिक अस्पताल बुटबललाई एक सय थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोभिडका बिरामीको उपचारमा अक्सिजनको अभावमा भएको  भएपछि नेपाल सरकारका पुर्ब मुख्यसचिब एबं चीनका लागि पूर्व राजदूत लीलामणि पौडेलको पहलमा  उक्त अक्सिजन कन्सन्ट्रेटर आएका हुन ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालले चीनका लागि पूर्व राजदूत लीलामणि पौडेल संग अक्सिजन अन्य उपकरण लगाएका बिभिन्न बिषयमा जानकारी गराएको र पौडेको पहलमा नेपालका लागि सांघाईका कन्सुलेट जीन्मिगं वी लगाएतका पहलमा  अस्पतालका एक सय थान अक्सिजन कन्सन्ट्रेटर  लुम्बिनी प्रादेशिक अस्पताल बुटबललाई पठाएको खनालले बताए ।

यस्तो बिषयम परिस्थीतीमा लुम्बिनी प्रादेशिक अस्पताललाई सहयोग गर्ने मित्र राष्ट्र चिन तथा सिगापुरका परोपकारी संस्थाहरुलाई अस्पतालका मेसु डा राजेन्द्र खनालले बिषेश धन्यावाद दिएका छन।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts