काठमाडौंका चार केन्द्रमा आज र भोली भेरोसेल खोप लगाइँदै
काठमाडौं, ३१ जेठ । काठमाडौं महानगरपालिकामा आज र भोली कोभिड(१९ विरुद्धको खोप लगाउने कार्यक्रम सुरु हुँदैछ। खोप अभावका कारण स्थगित भएको कार्यक्रम आजबाट पुनस् सुरु हुन लागेको हो। भेरोसेल खोप कार्यक्रम आज भोली मात्र संचालन हुने बताइएको छ।
यसअघि महानगरका सबै वडामा खोप लगाउने काम भएको थियो। तर अब भने ४ वटा केन्द्रमा मात्र खोप लगाउने काम हुने भएको छ।
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार ६० र ६१ वर्ष उमेरका तथा यसअघि भेरोसेल खोप लगाएका व्यक्ति, स्वास्थ्यकर्मीका लागि वीर, त्रिवि शिक्षण, निजामती कर्मचारी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने छ।
Last modified on 2021-06-14 17:11:46