अक्सिजन प्लान्ट, आइसीयू, भेन्टिलेटर र एचडीयू निर्माणका लागि ७ करोड ७० लाख बजेट



Download our app to get more features

काठमाडौं, ३१ जेठ । देशका विभिन्न स्थानमा रहेका ६ वटा अस्पतालमा अक्सिजन प्लान्ट, आइसीयू, एचडीयू  र भेन्टिलेटर जडानका लागि ७ करोड ७० लाख रुपैयाँ बजेट निकासा हुने भएको  छ। 

अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयबाट आएको पत्रका आधारमा ६ वटा अस्पतालमा उपकरण र अक्सिजन प्लान्ट निर्माणका लागि बजेट निकास गर्ने सहमति दिएको हो। 

अर्थ मन्त्रालयका अनुसार पाल्पाको रामपुर अस्पतालमा अक्सिजन प्लान्टका लागि ७५ लाख रुपैयाँ र ५ बेड एचडीयू जडानका लागि ८० लाख रुपैयाँ बिनियोजन गरिएको छ।

यस्तै, बेनी अस्पताल म्याग्दीका लागि अक्सिजन प्लान्ट जडानका लागि ७५ लाख रुपैयाँ, रुकुम अस्पताल रुकुम पूर्वका लागि एचडीयू ५ बेडका लागि ८० लाख रुपैयाँ, प्युठान अस्पताल बिजुवारका लागि ५ बेड एचडीयूका लागि ८० लाख रुपैयाँ, रोल्पा अस्पताल रोल्पाका लागि ५ बेड एचडीयूका लागि ८० लाख रुपैयाँ बजेट बिनियोजन गरेको मन्त्रालयले जनाएको छ।

यसैगरी, चौरजहारी अस्पताल रुकुमका लागि ५ बेड आइसीयू र २ भेन्टिलेटरका लागि ३ करोड रुपैयाँ बिनियोजन गरिएको अर्थ मन्त्रालयको पत्रमा उल्लेख छ।

Last modified on 2021-06-14 17:12:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts