राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मंगलबारदेखि ओपीडी सेवा दिन सुरु गर्ने



Download our app to get more features

दाङ, ३१ जेठ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भोलिदेखि (मंगलबार) ओपीडी र आइसीयू सेवा फेरि सुरु गर्ने भएको छ । कोरोना भाइरसको तीव्र सङ्क्रमणका कारण प्रतिष्ठानले गएको वैशाख १९ गतेदेखि ओपीडी र शल्यक्रिया जस्ता सेवाहरु बन्द गरेको थियो ।

पछिल्लो समय कोरोना सङ्क्रमणको दर घट्दै गएकाले अन्य बिरामीलाई मध्यनजर गर्दै ती सेवाहरु सुरु गर्न लागिएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।

प्रतिष्ठानले आइसीयू सेवा समेत सुरु गर्ने र जटिल प्रकृतिका रोगका बिरामीहरुको उपचार गर्न सुरु गर्ने भएको छ। तर, प्रतिष्ठान प्रशासनले साधारण बिरामी अस्पताल आउँदा एक्लै आउन र अशक्त, ज्येष्ठ नागरिक तथा बालबालिकाको हकमा एकजना मात्रै सहयोगी आउन आग्रह गरेको छ ।

Last modified on 2021-06-14 14:52:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts