पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना



Download our app to get more features

काठमाडौं, ३१ जेठ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल नर्भिक अस्पताल भर्ना भएका छन् ।  विगत चाररपाँच दिनदेखि ज्वरो आइरहेको र निमोनिया समेत ठिक नभएकाले आज बिहान उपचारका लागि नर्भिक अस्पताल गएका हुन् ।  खनाललाई आकस्मिक कक्षमा भर्ना गरी उपचार थालिएको नर्भिक अस्पतालले जनाएको छ ।

यसअघि कोरोना सङ्क्रमण भएपछि वैशाख १८ गते नर्भिक अस्पतालमा भर्ना भएका खनाल सङ्क्रमणमुक्त भएपछि दश दिनपछि घर फर्किएका थिए । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts