काठमाडौं र ललितपुरबाहेक सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू



Download our app to get more features

काठमाडौं, ३० जेठ । सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम काठमाडौं र ललितपुरबाहेक सबै जिल्लामा लागू भएको छ । स्वास्थ्य बीमा कार्यक्रम आर्थिक वर्ष २०७२ र ७३ मा कैलाली जिल्लाबाट सुरु भएको थियो । 

स्वास्थ्य उपचारमा अनियन्त्रित रुपमा भइरहेको व्यक्तिगत तथा पारिवारिक खर्च घटाउने लक्ष्यसहित सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो । हरेक वडामा रहेका दर्ता सहयोगीमार्फत यो कार्यक्रममा सहभागी हुन सकिने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । 

बीमा गर्न चाहने परिवारले आफ्नो घरमूली तथा अरु सदस्यको नागरिकता वा नेपाल सरकारबाट जारी परिचयपत्र अनिवार्य देखाएर परिवारका सबै सदस्यको स्वास्थ्य बीमा गर्न सकिने बोर्डले जनाएको छ । बीमा गर्न पाँच जनासम्मको परिवारलाई वर्षको ३ हजार ५ सय रुपैयाँ लाग्छ भने ५ जनाभन्दा धेरै सदस्य रहेको परिवारलाई वर्षको ७ हजार रुपैयाँ लाग्छ । बीमा गरेको परिवारले ५ जना सदस्य छ भने वर्षमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार पाउँछन् । 

५ जनाभन्दा धेरै सदस्य छन् भने थप सदस्यलाई २० हजारबाट सुरु भएर २ लाख रुपैयाँसम्म उपचार सुविधा पाइन्छ । यस्तै जेष्ठ नागरिकले १ लाख रुपैयाँसम्म स्वास्थ्य उपचार सेवा पाउनेछन् । स्वास्थ्य बीमामा सुविधा लिन हरेक वर्ष अनिवार्य नवीकरण गर्नुपर्छ । बीमा गरेका व्यक्तिले वहिरङ्ग, अन्तरङ्ग, आकस्मिक र अरु कक्षाबाट बीमा बोर्डले तोकेका उपचार सेवाहरु पाउनेछन् ।
 

Last modified on 2021-06-13 12:54:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts