देशभर थप ६१ जनाको कोरोनाका कारण मृत्यु, ६५ हजारभन्दा बढी होम आइसोलेसनमा



Download our app to get more features

काठमाडौं, २९ जेठ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने दर निरन्तर घट्दै गएको छ ।

गत २४ घन्टामा देशभर ६१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो संख्या शुक्रवारको भन्दा ६ ले कम हो । शुक्रवार ६७ जनाको कोरोनाका कारण मृत्यु भएको थियो । 

हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ८ हजार ३ सय ६६ जनाको मृत्यु भइसकेको छ ।

यस्तै हाल नेपालभर सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ । हाल नेपालभर सक्रिय संक्रमितको संख्या ७१ हजार ३ सय ३७ रहेको छ । जसमा ६५ हजार ९ सय ५३ जना होम आइ्सोलेनसमा छन् भने ५ हजार ३ सय  ८४ जना संस्थागत आइसोलेसनमा छन् ।

यस्तै देशभर रहेका संक्रमितमध्ये १ हजार २ सय ६ जना आईसीयूमा उपचाररत छन् भने ३ सय ७३ जना भेन्टिलेटरमा भर्ना छन् ।

Last modified on 2021-06-12 22:14:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts