स्वास्थ्य मन्त्री तामाङ र भारतीय राजदूतबिचको भेटवार्तामा खोप खरिदबारे छलफल



Download our app to get more features

काठमाडौं, २९ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्रा बिच शुक्रबार भेटवार्ता भएको छ।

स्वास्थ्य मन्त्रालयमा भएको उक्त भेटमा स्वास्थ्यमन्त्री तामाङले कोभिड खोप खरीद सम्झौता र देखा परेका जटिलताका बारेमा चासो राखेका थिए।

भेटमा दुई मित्र राष्ट्रबिचको आपसी हित एवम् सहकार्यबारे समेत छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts