औषधि व्यवसायीलाई कोरोना खोपको प्राथमिकतामा नपारिएको भन्दै आपत्ति



Download our app to get more features

काठमाडौं, २९ जेठ । कोभिडविरुद्धको खोपमा औषधि व्यवसायीलाई प्राथमिकतामा नपारिएको भन्दै नेपाल औषधि व्यावसायी संघले आपत्ति जनाएको छ । उसले औषधि व्यवसायीलाई कोभिडबिरुद्धको प्रन्टलाइनरको रुपमा राखेर खोपको प्राथमिकतामा राख्न समेत माग गरेको छ ।

शुक्रबार संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले जारी गरेको विज्ञप्तीमा औषधि व्यवसायी कोभिड महामारीको जोखिममा रहेको समूह भएको, व्यवसायीहरु संक्रमणमा परे औषधिको आपूर्ति तथा वितरणमै समेत असहज हुने भन्दै तत्काल व्यवसायीलाई प्राथमिकतामा राख्न भनिएको छ ।
हेरौँ विज्ञप्ती:

Last modified on 2021-06-12 12:09:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts