सरकारले एक चिकित्सक/एक स्वास्थ्यकर्मी कार्यविधि लागू गर्न खोजेको भन्दै एनएमएको विरोध



Download our app to get more features

काठमाडौं, २८ जेठ । नेपाल चिकित्सक संघले एक चिकित्सक/एक स्वास्थ्यकर्मी–एक स्वास्थ संस्था लागू गर्न लागेको भन्दै असन्तुष्टि जनाएको छ ।  

सरकारले २०७८/०२/२० मा जारी गरेको “एक चिकित्सक÷एक स्वास्थ्यकर्मी–एक स्वास्थ संस्था सम्बन्धी कार्यविधि”–२०७७, लागू गर्न लागेपछि संघले त्यसको विरोध गरेको छ ।

संघका महासचिव डा. बद्री रिजालद्वारा शुक्रबार जारी विज्ञप्तिमा सरकारले यो कार्यविधि एकतर्फी संशोधन गरेर लागू गर्न खोजेको भन्दै विरोध जनाइएको हो ।

नेपाल चिकित्सक संघ लगायत अन्य संघ संस्थाहरुसंग विभिन्न चरणमा छलफल भएर एक चिकित्सक एक स्वास्थ्य संस्था, चिकित्सकको NPA सहित सेवा सुविधा र Performance Based Incentive मा छलफल अनुसारको सुविधा प्रदान गर्ने तथा यस कार्यविधिलाई ऐच्छिक बनाई लागु गर्नु पर्नेभनिनेपाल चिकित्सक संघले विभिन्न समयमा सुझाब तथा सल्लाह दिँदै आइरहेको पनि संघको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै विभिन्न समयमा दिइएका सल्लाह रसुझाबहरुलाई नजरअन्दाज गरी चिकित्सकहरुको मानमर्दन हुने गरीदैनिक जीवन यापन समेत गर्न नसक्ने अवस्थाको कार्यविधि ल्याई लागु गर्न खोजिएकोमा सो कार्यविधिलाई अविलम्बसंसोधन गर्दै  ऐच्छिक बनाई लागु गर्न उपयुक्त हुने पनि संघको ठहर छ । 

महामारीमा दिनरात फ्रन्टलाइनमा खटिरहेका चिकित्सकहरुको मनोवल बढाउनुको सट्टा हतोत्साहित पार्ने गरी आएको कार्यविधि सरोकारवाला निकायहरुसंग बृहत छलफल गरेर मात्र लागु गर्न पनि संघले विज्ञप्तिमार्फत् सरकारलाई आग्रह गरेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts