गत २४ घन्टामा देशभर ६७ जनाको कोरोनाका कारण मृत्यु, ११ सय ८९ जना आईसीयूमा
काठमाडौं, २८ जेठ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या क्रमशः घट्दै गएको छ ।
गत २४ घन्टामा देशभर ६७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ३ सय ५ पुगेको छ । यो दर कुल संक्रमितको १ दशमलव ६ प्रतिशत हो ।
यस्तै हाल देशभर रहेका संक्रमितमध्ये १ हजार १ सय ८९ जना आईसीयूमा उपचाररत छन् भने ३ सय ६६ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७५ हजार २ सय ७५ रहेको छ । जसमा ६९ हजार ६ सय ८६ जना होम आइसोलेसनमा छन् भने ५ हजार ५ सय ८९ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।
Last modified on 2021-06-11 20:12:44