श्वासप्रश्वासमा समस्या देखिएका संस्कृतिविद जोशी किस्ट हस्पिटलमा उपचाररत



Download our app to get more features

काठमाडौं, २८ जेठ । श्वासप्रश्वासमा समस्या देखिएपछि संस्कृतिविद सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् ।

१ सय २ वर्षीय शताब्दी पुरुष डा. जोशीलाई ललितपुरस्थित किस्ट अस्पतालमा भर्ना गरिएको हो ।

जोशीलाई श्वास प्रश्वासमा समस्या, निमोनिया, मुटको चालमा गडबडी साथै रक्तचापमा कमी देखिएपछि शुक्रवार अस्पताल भर्ना गरिएको अस्पताल प्रशासनले बताएको छ ।

भर्ना भएका जोशीको उपचार भइरहेको र हाल उनको स्वास्थ्यस्थिति सामान्य रहेको पनि अस्पतालले जनाएको छ ।

छातीमा निमोनिया देखिएपछि उनको कोरोना परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको पनि अस्पतालले बताएको छ ।
 
जोशीको उपचारमा छाती रोग विषेशज्ञ प्रा.डा. मीलेश जंग सिजापतीको नेतृत्वमा कार्डीयोलोजीष्ट तथा क्रिटिकल केयर विषेशज्ञको संयूक्त टोली संलग्न रहेको छ ।

Last modified on 2021-06-11 16:00:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts