यी १० प्रकारका पशुपंक्षीबाट मानिसमा सर्ने रोग सरकारको प्राथमिकिकरणमा



Download our app to get more features

काठमाडौं, २८ जेठ । सरकारले पशुपंक्षीबाट मानिसमा सर्ने १० प्रकारका रोगलाई प्राथमिकिकरण गरेको छ । 

बिहीबार बसेको प्रथम जुनोटिक रोगहरुको प्राथमिकिकरण राष्ट्रिय कार्यशाला गोष्ठीले पशुपंक्षीबाट मानिसमा सर्ने १० प्रकारका रोगलाई प्राथमिकिकरण गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले इन्फ्लुएन्जा, रेबिज, कोरोना भाइरस, ब्रुसेलोसिस, सालमोनेलोसिस, लेस्मिनियासिस, जुनोटिक क्षय रोग, सिस्टिकर्सोसिस हाइडाटिडोसिस र टोक्जोप्लास्मोसिस रोगहरु प्राथमिकिकरणमा परेको जानकारी दिए ।

उनले नयाँ निर्णयपछि सबै पक्षले प्राथमिकता परेका अवस्थाहरूको आवस्यक तयारी तथा जनचेतना प्रयोगशाला किटहरूको व्यवस्थापनका साथै औषधि व्यवस्थापन गर्न सहज हुने बताए ।

यसअघि नेपालका ६ वटा जुनोटिक रोग प्राथमिकिकरणमा परेका थिए । मन्त्रालयले जुनोटिक रोगहरुको प्राथमिकिकरण निर्धारण गर्न महाशाखालाई निर्देशन दिएपछि रोगहरुको प्राथमिकिरण गरिएको हो ।

Last modified on 2021-06-12 06:52:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts