‘प्रदेश प्रमुख कोभिड–१९ खोप कोष’ स्थापना गरी सबैलाई अनिवार्य खोपको व्यवस्था गरिने
हेटौंडा, २८ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०८९ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको बिहीबारको बैठकमा कोभिड–१९ को संक्रमण नियन्त्रण, रोकथाम र उपचार गरी नागरिकहरुको जीवनलाई सहज बनाउँदै अर्थतन्त्रलाई पुनत्थान गर्ने योजनासहितको नीति, कार्यक्रम पेस गरेका हुन् ।
कोभिड–१९ विरूद्धको खोपमा प्रदेशवासीको पहुँच पु¥याउन आवश्यकताअनुसार ‘प्रदेश प्रमुख कोभिड–१९ खोप कोष’ स्थापना गरी नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशका सबै बासिन्दाहरूलाई अनिवार्य रूपमा खोपको व्यवस्था गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
यस्तै कोभिड १९ उपचारमा जनशक्तिमा जनशक्तिको अभाव हुन नदिन आवश्यक चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई सेवा करारमा लिने व्यवस्था गरिने, स्वास्थ्यकर्मीको सीप र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।