प्रदेश १ को नीति तथा कार्यक्रम

कोभिड प्रतिकार्य प्राथमिकतामा, असहायहरुको स्वास्थ्य उपचारको लागि छुट्टै कोष स्थापना गरिने



Download our app to get more features

विराटनगर, २८ जेठ । प्रदेश १ सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै  जनस्वास्थ्य, अस्पताल, स्वास्थ्य केन्द्र, सरसफाई र पोषणसँग सम्बन्धीत कार्य प्राथमिकतामा राखिएको बताए ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा कोभिड प्रतिकार्यमा संलग्न स्वास्थ्यकर्मी लगायत सुरक्षा निकायका राष्ट्रसेवकहरुको मनोबल अभिवृद्धि गर्न अतिरिक्त पारितोषिकको व्यवस्था गर्ने, ‘गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्वता’ मूल नारासहित प्रदेशमातहतका सबै अस्पतालहरुको गुरुयोजना तयार गरी अक्सिजन प्लान्ट, सघन उपचार कक्ष निर्माण, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी, आवश्यक औजार तथा यन्त्रउपकरण र भौतिक पूर्वाधारको व्यवस्था गर्ने लगायत उल्लेख गरिएको  छ । 

यस्तै ‘मेची अस्पताललाई २ सय शय्या, धनकुटा र पाँचथर जिल्ला अस्पताललाई सय÷सय शय्या र अन्य जिल्ला अस्पताललाई न्युनतम ५० शय्यामा स्तरोन्नति गरिनेछ, विपन्न तथा गरिब वर्ग र असहायहरुको स्वास्थ्य उपचारको लागि एक उपचार कोषको स्थापना गरिने पनि उल्लेख गरिएको छ ।

त्यसैगरि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई स्तरोन्नति गरि प्रभावकारी सेवा सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रदेशका प्रमुख स्थानमा रहेका अस्पताललाई विस्तार गरी रेफरल अस्पतालको रुपमा विकास गरिने, जिल्ला अस्पताल र रेफरल अस्पताल मार्फत टेली–मेडिसिन सेवा सुरु गरिने उल्लेख छ ।

यस्तै पूर्वाञ्चल आयुर्वेद चिकित्सालयलाई प्रादेशिक अस्पतालको रुपमा विकास गरी सेवा विस्तार गरिने, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तथा औषधालयलाई क्रमिक रूपमा आर्युवेद अस्पतालमा स्त्तरोन्नति गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 

प्रदेश सरकारद्वारा सञ्चालित कोसी कोभिड उपचार केन्द्रलाई कोभिडको पुर्ण रोकथाम र नियन्त्रण पश्चात प्रादेशिक प्रसूति तथा स्त्रीरोग अस्पतालमा रुपान्तरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तो छ प्रदेश १ को नीति तथा कार्यक्रमः

Last modified on 2021-06-11 10:14:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts