प्रदेश २ लोकसेवा आयोगले स्वास्थ्य तर्फ १० जनाका लागि खुलायो विज्ञापन
जनकपुर, २७ जेठ । प्रदेश २ को लोकसेवा आयोगले स्वास्थ्य तर्फ १० जनाका लागि विज्ञापन खुलाएको छ ।
बिहीबार सूचना जारी गर्दै आयोगले असार १६ गतेसम्मको समय तोकेर कर्मचारी नियुक्तिका लागि आवेदन खुला गरेको हो ।
स्वास्थ्य सेवा तर्फ १० जनाको लागि विज्ञापन गरिएकोमा एनेस्थेसियोलोजिस्ट १, कन्सल्टेन्ट जनरल फिजिसियन, मेडिसिन, जनरल मेडिसिन तर्फ १, कन्सल्टेन्ट सर्जन, सर्जरी र जनरल सर्जरी तर्फ १ गरी विभिन्न विधामा १० जनाका लागि विज्ञापन खुलाइएको लोकसेवा आयोगले जनाएको छ ।
यस्तो छ आयोगले खुलाएको विज्ञापनः
Last modified on 2021-06-10 13:14:13