स्याङ्जाको दुई पालिकालाई बीएम फाउन्डेशन र रोटरी क्लव अफ काठमाडौँ नर्थको स्वास्थ्य सामग्री



Download our app to get more features

काठमाडौं, २७ जेठ । स्याङ्जाको चापाकोट र गल्याङ नगरपालिकालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

बीएम फाउन्डेशन र रोटरी क्लव अफ काठमाडौँ नर्थको संयुक्त पहलमा कोरोना महामारीलाई ध्यानमा राखि दुबै नगरपालिकालाई स्वास्थ्य सामग्री उपलव्ध गराइएको हो ।

बुधबार छुट्टा छुट्टै कार्यक्रम गरेर फाउन्डेशनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले दुबै नगरपालिकाका जनप्रतिनिधिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

डा. अनुसार श्रेष्ठका चापाकोट नगरपालिकालाई २ हजार ५ सय थान मास्क, ५० थान फेस सिल्ड, १० लिटर स्यानिटाइजर, १० वटा पल्स अक्सिमिटर, १० सेट पिपिई उपलव्ध गराइएको छ । 

डा. श्रेष्ठले ती स्वास्थ्य सामग्री चापाकोटका मेयर शिवकुमार गिरीलाई हस्तान्तरण गरेका थिए । 

यस्तै गल्याङ नगरपालिकालाई २ हजार ५ सय थान मास्क, १० थान पीपीई, १५ लिटर स्यानिटाइजर, १० वटा पल्स अक्सिमिटर उपलव्ध गराइएको छ । गल्याङका मेयर भुपराज अधिकारी तथा स्वास्थ्य प्रमुख थानपति न्यौपानेलाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको डा. श्रेष्ठले बताए ।

सामग्री प्राप्त गरेपछि दुबै नगरपालिकाका मेयरहरुले फाउन्डेशन र रोटरीलाई धन्यवाद दिएका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts