नेपालमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ६ लाख १५ हजार नाघ्यो, निको हुनेदर ८५ प्रतिशत



Download our app to get more features

काठमाडौं, २६ जेठ । नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ६ लाख १५ हजार नाघेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ४ हजार ३ सय ४४ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १२ हजार ७४ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ३ हजार ४ सय ४९ र ४ हजार ५ सय ६८ एन्टीजेन परीक्षण गर्दा ८ सय ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ६ लाख १५ हजार ६ सय ५२ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर ५ हजार ७ सय ६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ५ लाख १० हजार २ सय ९८ पुगेको छ । यो दर कुल सङ्क्रमितको ८५ दशमलव २ प्रतिशत रहेको छ । 

यस्तै गत २४ घन्टामा थप ८१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार १ सय ८१ पुगेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ८० हजार ३ सय ३६ रहेको छ ।  

Last modified on 2021-06-10 07:55:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts