सरकारले देशव्यापी रुपमा अक्सिजनको अभाव हुन दिँदैनः मन्त्री तामाङ्ग



Download our app to get more features

काठमाडौं, २६ जेठ । स्वास्थ्य तथा जनसंख्याान्त्री शेरबहादुर तामाङ्गले चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थ सामूदायिक अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् । 

मन्त्री तामाङ्गले वडा नम्बर ८ मा रहेको अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटनसँगै आईसोलेशन सेन्टरको निरक्षण गरेको हुन् ।

उद्घाटनको क्रममा मन्त्री तामाङ्गले चन्द्रागिरी नगरपालिका अक्सिजनमा आत्मनिर्भर बनेको भन्दै यहाँका जनप्रतिनिधिहिरुलाई बधाई तथा धन्यवाद समेत दिए । 

उनले भने, ‘तपाईहरुको नगरपालिका आज अक्सिजनमा आत्मनिर्भर बनेको छ । यो खुशीको खबर हो । तपाईहरु सबै जना यसको लागि धन्यवादको पात्र हुनुहुन्छ ।’ उनले अक्सिजन प्लान्ट जडान गरेर आफ्नो जिल्ला सिन्धुपाल्चोकलाई पहिलो जिल्ला बनाउने प्रयास गरेपनि चन्द्रागिरी नगरपालिका पहिलो भएको भन्दै पुनः बधाई दिए । 

उनले सरकारले देशव्यापी रुपमा अक्सिजनको कुनै अभाव हुन नदिने पनि प्रतिबद्धता जनाएका छन् । अक्सिजन प्लान्ट जडान गर्नको लागि सरकारले आवश्यक बजेटसमेत विनियोजन गरिसकेकोले अब कार्यान्वयनको चरणमा जाने उनको भनाई रहेको छ । 

मन्त्री तामाङ्गले उक्त सामूदायिक अस्पताललाई चाहिने आवश्यक सहयोग गर्न सरकार तयार रहेको पनि विश्वास दिलाए । प्लान्टको उद्घाटनको क्रममा मन्त्री तामाङले देशभर नै सबै नागरिकलाई चाँडै कोरोना विरुद्वको खोपको सुनिश्चिता गर्नेगरि काम गरिरहेको बताउदै खोप सुनिश्चित नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्य रमा आलेमगरले पनि अक्सिजन प्लान्ट जडान गर्न सफल भएको भन्दै चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरिन् । उनले अस्पताललाई आवश्यक सहयोग गर्नसमेत मन्त्री तामाङ्गलाई आग्रह गरेकी छन् ।

त्यस्तै, कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले सबैको सहयोगले तोकिएको समयभन्दा धेरै अघि नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताए । उनले यसमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार प्रकट गरे । 

त्यस्तै, चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष सन्तोष खड्काले सबै नगरवासी, प्रदेश सदस्यहरु, जनप्रतिनिधिहरुको सहयोगको कारण चाँडै नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताए । 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशषेज्ञ डा. रोशन पोखरेल, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेल लगायत नगरपालिकाका जनप्रतिनीधि र स्थानियहरुको उपस्थिती रहेको थियो ।

Last modified on 2021-06-10 07:54:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts