नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो, ८२ हजारमा झर्यो सक्रिय संक्रमित



Download our app to get more features

काठमाडौं, २५ जेठ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ सय ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ८९ पुगेको छ । यो दर कुल संक्रमितका १ दशमलव ६ प्रतिशत हो ।

यस्तै हाल देशभर रहेका संक्रमितमध्ये १ हजार ३ सय २१ जना आईसीयूमा उपचाररत छन् भने ३ सय ७२ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७ सय ३६ रहेको छ । जसमा ७६ हजार ५ सय ५० जना होमआइसोलेसनमा छन् भने ६ हजार १ सय ८६ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

Last modified on 2021-06-08 18:03:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts