अक्सिजन सिलिन्डर भरेर राख्न र अक्सिजन प्लान्ट जडान तथा मर्मत गर्न मन्त्रालयको अनुरोध



Download our app to get more features

काठमाडौं, २५ जेठ । सरकारले अस्पतालहरुलाई अक्सिजन सिलिन्डरहरु भरेर राख्न तथा अक्सिजन प्लान्ट जडान तथा ट्यांकरहरु मर्मत गरि पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था गर्न अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै संख्यात्मक रुपमा कोरोना संक्रमण केही कम भएको जस्तो देखिएपनि महामारीको जोखिम अझै कायमै रहेकाले अक्सिजन प्लान्ट जडान गर्न र सिलिन्डरहरु भरेर राख्न आग्रह गरेको हो ।

मन्त्रालयले अक्सिजन सिलिन्डरहरु विभिन्न कारणले देशका विभिन्न भागका व्यक्तिका घर, टोल र विभिन्न किसिमका आइसोलेसन सेन्टर तथा अस्पतालहरुमा पुगेको र ती सिलिन्डरहरु समयमै भर्नका लागि सम्बन्धीत अक्सिजन कम्पनीमा नपुग्दा समग्र आपूर्ति प्रणालीमा समस्या पर्ने पनि बताएको छ ।

मन्त्रालयले जारी गरेको सूचनाः

 

Last modified on 2021-06-08 18:03:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts