कोरोना कहरबाट नेपालीलाई मुक्त गर्ने पहिलो प्राथमिकता: मन्त्री तामाङ
काठमाडौ, २४ जेठ । नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले कोरोना कहरबाट नेपालीलाई मुक्त गर्ने पहिलो प्राथमिकता भएको बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेको चौथो दिन आज आयोजित भर्चुअल प्रेस ब्रिफिङमा मन्त्री तामाङले अहिलेको आवश्यकता कोरोना कहरबाट मुक्त गर्ने भएकाले आफु लागि पर्ने बताएका हुन् ।
मन्त्रालयमा महत्वपूर्ण समयमा जिम्मेवारी पाएको भन्दै उनले यो चुनौतीलाई सामना गर्ने अठोट व्यक्त गरे। स्वास्थ्य मन्त्रालयले नेपाली जनताको स्वास्थ्यको लागि गर्नुपर्ने सबै भूमिका र दायित्व पूरा गर्ने उनले बताए।
यस्तै, कोभिड-१९ युनिफाइड केन्द्रिय अस्पताल वीर अध्यायदेश अनुसार नै चल्ने बताउका छन् । उनले कोरोना महामारीमा न्याम्स र वीर भन्नुभन्दा पनि संक्रमण नियन्त्रणतर्फ एकतावद्ध हुनपर्ने र न्याम्स भनेपनि वीर भनेपनि दुबै सरकारी अंग रहेकाले पदाधिकारी बीच विवाद हुनुपर्ने कारण नै नरहेको स्पष्ट पारे ।
साथै मन्त्रालयबाट गरिने प्रत्येक कामहरु पारदर्शी रुपमा गर्ने उनले दाबी गरेका छन्। मन्त्रालयले गरेको कामप्रति असतुष्टि भएमा खबरदारी गर्न उनले आग्रह गरेका छन्।