गोकर्णेश्वर नगरपालिकामा कोरोनाविरुद्धको खोप मंगलबारदेखि वितरण गरिने



Download our app to get more features

काठमाडौं, २४ जेठ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने दिन र ठाउँ तोकेको छ । ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई भोलिदेखि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने नगरपालिकाले  जनाएको छ ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले गोकर्णको सहयोगी माविमा र चामुण्डा मावि नारायणटारमा रहेको खोप केन्द्रबाट खोप दिइने बताउ । खोप लगाउन जाँदा उमेर खुल्ने परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र वा सम्बन्धित वडा कार्यालयको सिफारिस लैजानु पर्दछ । चीनले कोरोनाविरुद्धको भेरोसेलको १० लाख डोज अनुदानमा उपलब्ध गराएपछि ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई यो खोप दिन लागिएको हो।

चीनले यसअघि नेपाललाई ८ लाख डोज खोप अनुदानमा दिएको थियो ।

Last modified on 2021-06-07 14:34:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts