वरिष्ठ मुटुरोग विशेषज्ञ डा.विकास सुवेदीको उपचारको क्रममा निधन
काठमाडौं, २४ जेठ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.विकास सुवेदीको निधन भएको छ ।
कोरोना संक्रमण पुष्टि भएको डा. सुवेदीको आइतवार राति उपचारको क्रममा निधन भएको हो ।
गौतमबुद्ध इन्टरनेशनल कार्डिएक हस्पिटल काठमाडौंका अध्यक्ष समेत रहेका डा.सुवेदीको ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो ।
२४ दिन अघि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उनको उपचार हुँदै आएको थियो ।
Last modified on 2021-06-07 12:09:44