थप ९९ जनाको कोरोनाका कारण मृत्यु, ६५ सयभन्दा बढी संक्रमित संस्थागत आइसोलेसनमा
काठमाडौं, २३ जेठ । नेपालमा थप ९९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ९९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ८ सय ९८ पुगेको छ ।
यस्तै हाल देशभर रहेका संक्रमितमध्ये १ हजार ४ सय ४२ जना आईसीयूमा उपचाररत छन् भने ३ सय ८१ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यस्तै हाल नेपालभर ८९ हजार २ सय १७ जना सक्रिय संक्रमित रहेका छन् । जसमा ८२ हजार ७ सय ३ जना होम आइसोलेसनमा छन् भने ६ हजार ५ सय १४ जना संस्थागत आइसोलेसनमा भर्ना छन् ।
Last modified on 2021-06-06 20:21:22