५० प्रतिशत जोखिम भत्ताका लागि एक साताभित्र विवरण पठाउन सरकारको पत्राचार



Download our app to get more features

काठमाडौं, २३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम भत्ताका लागि विवरण पठाउन सबै स्वास्थ्य संस्थालाई पत्रचार गरेको छ ।

मन्त्रालयले आइतवार सूचना जारी गर्दै कोभिड १९ रोकथाम नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने सरकारको निर्णय अनुसार विवरण पठाउन पत्रचार गरेको हो ।

मन्त्रालयका अनुसार जोखिम भत्ता उपलब्ध गराउने सम्बन्धमा २०७८÷०२÷०५ च.नं. ९३७ बाट विवरण माग गरिएकोमा थप स्पष्ट पार्न सबै सरकारी आइसोलेसन सेन्टर, प्रयोगशाला, अस्पतालहरुलाई विवरण पठाउन भनिएको छ ।

यस्तो छ मन्त्रालयले माग गरेको विवरणः 

Last modified on 2021-06-06 18:25:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts