ललितपुर महानगरमा भोलिदेखि एन्टिजेन विधिमार्फत कोरोना परीक्षण



Download our app to get more features

ललितपुर, २२ जेठ । ललितपुर महानगरपालिकाले भोलिदेखि एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ ।

भोलिदेखि असार ३ गतेसम्म विभिन्न वडालाई छुट्टाएर परीक्षण गर्ने तयारी भएको हो । त्यसका लागि एउटा वडामा एउटा परीक्षण केन्द्र बनाइने छ । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार वडा अध्यक्षसँग समन्वय गरेर परीक्षण केन्द्र निर्धारण गरिने छ । भोलि वडा नम्बर ३, ४ र २० मा र पर्सि १, २ र ३ मा एन्टिजेन विधिमार्फत परीक्षण हुने छ ।

त्यसैगरी २५ गते वडा नम्बर ३, ४ र १० मा, २६ गते वडा नम्बर २१, २२ र २५ मा, २७ गते वडा नम्बर १५, २३ र २४ मा, २८ गते वडा नम्बर १४, २६ र २७ मा, ३० गते वडा नम्बर ५, ६  र १२ मा , ३१ गते वडा नम्बर ७, ८ र ९ मा परीक्षण हुने छ । यसै गरी असार १ गते वडा नम्बर ११, १६ र १९ मा , २ गते वडा नम्बर १८, १३, १७ मा र ३ गते वडा नम्बर २८ र २९ मा परीक्षण गरिने महानगरपालिकाले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts