गत २४ घन्टामा देशभर ६८ जनाको कोरोनाका कारण मृत्यु, १४ सयभन्दा बढी आईसीयूमा भर्ना

काठमाडौं, २२ जेठ । नेपालमा थप ६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ६८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ । यो दर कुल संक्रमितको तुलनामा १ दशमलव ६ प्रतिशत हो ।
यस्तै हाल नेपालभर ९२ हजार ९ सय २८ सक्रिय संक्रमित रहेका छन् । जसमा ८६ हजार २ सय ६८ जना होम आइसोलेसनमा छन् भने ६ हजार ६ सय ६० जना संस्थागत आइसोलेसनमा छन् ।
हाल देशभर रहेका संक्रमितमध्ये १ हजार ४ सय ५१ जना आईसीयूमा उपचाररत छन् भने ३ सय ८४ जना भेन्टिलेटरमा भर्ना छन् ।
Last modified on 2021-06-06 07:41:15