नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८२ प्रतिशत पुग्यो, थपिए ५ हजार ४२ नयाँ संक्रमित

काठमाडौं, २२ जेठ । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ५ लाख ८५ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १६ हजार ८ सय १४ कोरोना परीक्षण गरिएको छ । जसमा ११ हजार ४ सय ७१ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ३ हजार ५ सय ४० र ५ हजार ३ सय ४३ एन्टीजेन परीक्षण गर्दा १ हजार ५ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ५ लाख ८५ हजार १ सय पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर ८ हजार २ सय ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ८४ हजार ३ सय ७३ पुगेको छ । यो दर कुल संक्रमितको ८२ प्रतिशत हो ।