सुदूरपश्चिममा होम आइसोलेशनमा बसेका संक्रमितहरुलाई परामर्श दिँदै ‘नर्स समूह’
धनगढी, २२ जेठ । सुदूरपश्चिममा होम आइसोलेशनमा बसेका संक्रमितहरुलाई कोभिड विशेष नर्स समूहले परामर्श दिइरहेको छ ।
संक्रमितले अस्पतालहरु भरिएपछि धेरै जना घरमै होम आइसोलेशनमा बसिरहेका छन्। होम आइसोलेसनमा बसिरहेका बिरामीको स्वास्थ्यमा समस्या देखिएको खण्डमा के गर्ने ? कसो गर्ने ? कहाँ जाने ? कस्तो अवस्थामा अस्पताल आउने जस्ता कुराहरुमा अन्यौल भइरहेको हुँदा नर्स समूहले परामर्श दिइरहेको हो ।
यसका लागि ७ वटै प्रदेशमा परामर्शकर्ता तोकिएका छन् । जसमा सुदूरपश्चिम प्रदेशका लागि परामर्शकर्ता मीना चन्द र किरन चन्दलाई तोकिएको छ। सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्लाहरुमा टेलिफोन मार्फत काउन्सिलिङ गर्दै आइरहेको परामर्शकर्ता किरन चन्दले बताइन् ।
महामारीका बेला सबै जना त्रसित भइरहेको अवस्थामा संक्रमित र उनीहरुको परिवारलाई सरकारले बनाएको प्रोटोकल अनुसार घरमै बसी परामर्श दिने उद्देश्यले सोे समूह खोलिएको उनले बताइन् ।