सरकारद्वारा चिनियाँ खोप ‘कोरोनाभ्याक’ लाई आपतकालीन प्रयोगका लागि अनुमति



Download our app to get more features

काठमाडौं, २२ जेठ । सरकारले चिनियाँ ‘कोरोनाभ्याक’ लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

चिनियाँ कम्पनी सिनोभ्याक लाइफ साइन्सले विकास गरेको कोभिड १९ विरुद्धको खोपलाई नेपालमा प्रयोग गर्न अनुमति दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागको शुक्रवार बसेको बैठकले अनुमति प्रदान गरेको हो ।

विभागका सूचना अधिकारी सन्तोष केसीले अनुमति पाएको कोरोनाभ्याक खोप १८ वर्ष माथिका व्यक्तिले लगाउन सकिने बताए । 

उनले चिनियाँ कम्पनी सिनोभ्याकले उत्पादन गरेको यो खोप आयात अनुमतिका लागि बायोमेटिक्स प्रालिले विभागमा निवदेन दिएको पनि जानकारी दिए । उनले बायोमेटिक्सले आयातका लागि निवेदन दिएपनि अनुमति पाइनसकेको र प्रक्रियामै रहेको पनि बताए । 

गत मंगलबार मात्रै यो खोपलाई विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । 

Last modified on 2021-06-05 10:44:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts