स्वास्थ्यमन्त्री तामाङसहित नवनियुक्त १६ मन्त्रीले लिए सपथ 



Download our app to get more features

काठमाडौं, २१ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुर्नगठन गरका छन् । प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन गरि ७ वटा मन्त्रालय आफुले सम्हाल्ने भएका छन् ।  

यस्तै, उपप्रधानमन्त्री तथा अर्थ मन्त्रालयमामा विष्णु पौडेल, उपप्रधानमन्त्री तथा शहरी विकासमा राजेन्द्र महतो, उपप्रधानमन्त्री तथा परराष्ट्रमा रघुवीर महासेठ, स्वास्थ्यमा शेरबहादुर तामाङ, शिक्षामा कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमा वसन्तकुमार नेम्वाङ, कानून न्याय तथा संसदीय मामिलामा लीलानाथ श्रेष्ठ, ऊर्जामा शरतसिंह भण्डारी, खानेपानी तथा सरसफाईमा अनिल झा, श्रम तथा रोजगारमा विमल श्रीवास्तव, वन तथा वातावरणमा उमाशंकर अरगरिया, भूमि व्यवस्था मन्त्रीमा लक्ष्मणलाल कर्ण, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक चन्दा चौधरी, युवा तथा खेलकुदमा एकवाल मियाँ, ऊर्जा राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी र महिला,बालबालिका तथा ज्येष्ठ नागरिक राज्य मन्त्रीमा रेणुका गुरुङ नियुक्त भएका छन् ।  

नवनियुक्त सबै मन्त्रीहरुले आजै राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ सपथ लिएका हुन् । 

Last modified on 2021-06-05 08:19:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts