स्वास्थ्य मन्त्री बन्दै शेरवहादुर तामाङ
काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनस् मन्त्रिपरिषद विस्तार र फेरबदल गरेका छन्। शुक्रबार साँझ जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउने टुंगो लागेसँगै प्रधानमन्त्रीले मन्त्रिपरिषद्मै ठूलै हेरफेर गरेका हुन्।
यो हेरफेरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी मन्त्रिपरषदबाट हटाइएका छन्। प्रधानमन्त्री ओलीले त्रिपाठीलाई हटाएर नेकपा एमालेका नेता शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्री नियुक्त गरेका हुन्।
तामाङ २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् । यसअघि उनी उनी कानून मन्त्री समेत बनेका थिए । अब तामाङले चुनौतीपूर्ण जिम्मेवारी लिनुपर्ने बेला आएको छ ।
Last modified on 2021-06-05 08:11:09