कोरोनाको तेस्रो र चौथो लहरबाट बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै बेड छुट्याउन निर्देशन
काठमाडौं, २१ जेठ । सरकारले कोरोना महमारीको तेस्रो र चौथो लहरबाट बालबालिका बढी संक्रमित हुनसक्ने भएकाले सबै सरकारी तथा निजी अस्पताललाई बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्दै अस्पताललाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको हो ।
उक्त पत्रमा अस्पतालहरूलाई अक्सिजनको समेत व्यवस्थापन गर्न भनिएको छ ।
यस्तो छ सरकारले जारी गरेको पत्रः
Last modified on 2021-06-04 20:29:15